काँग्रेस महाधिवेशन : सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (६:४० PM)

काँग्रेस महाधिवेशन : सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

सुर्खेत । नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतको सभापतिमा खडक पोखरेल निर्विरोध चयन हुनुभएको छ । सभापति पदमा उहाँको एकल उम्मेदवारी परेको थियो ।  

जिल्ला अधिवशेन शुक्रबार सुरु हुने तालिका तय भएपनि क्षेत्र नं १ मा मतपत्र छपाईमा त्रुटी हुँदा दलित महाधिवेशन प्रतिनिधिको शनिबार पुनः निर्वाचन भएको थियो । सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार जिल्ला कार्य समितिका दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्य पदका लागि भने मतदान भएको छ ।

 उपसभापतिमा विष्णुबहादुर खड्का, टोपबहादुर रावत, टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा देवकुमार सुवेदी, बालदिप कँडेल, अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा प्रकाश डिसी, हरि विष्ट, भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी परेको छ । 



Top