जुम्लाको सिंजामा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

विजय रावत   POSTED ON : मंसिर १५, २०७८ (९:५८ AM)

जुम्लाको सिंजामा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिको  गुठीज्युलाबाट नेपालगंज जान लागेको नाखप ४४३८ नम्बरको बस सिंजाको जाचमा बुधबार विहान  दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको स्थानीयवासि रामकृष्ण जैसिले जानकारी दिनुभयो । दुई जनाको मृत भएको खबर आएको छ   । दुर्घटनाको थप विवरण आउने बाकी रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताउनुभयो । बस के कारणले दुर्घटना भएको हो केहि खुलेको  छैन ।  घाइते भएकाहरुलाई सिंजा गाउँपालिकाको एम्बुलेन्सबाट जुम्ला सदरमुकाममा खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने  ल्याउने काम भइरहेको प्रजिअ प्रसाईले बताउनुभयो । स्थानीयवासि,नेपाल प्रहरी र सशस्त्र प्रहरी उदारमा खटिएको प्रहरीले जनाएको छ । 

Top