मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

खगेन्द्र अधिकारी   POSTED ON : मंसिर १५, २०७८ (४:१४ PM)

मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनु भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री भएको २९ औं दिनमा उहाँले विश्वासको मत लिनु भएको हो ।

प्रदेश सभाको बैठकमा उनले विश्वासको मत मागेका थिए । नेकपा एमालेको १० औं महाधिवेशनका कारण एमालेका सांसदहरु कोही पनि उपस्थित थिएनन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादीको गठबन्धनबाट मुख्यमन्त्री बनेका शाहीले प्रदेश सभामा २२ मत प्राप्त गरेका छन् भने विपक्षमा शून्य मत रहेको प्रदेशका सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभएको छ ।

हिजो १४ गते विश्वासको मत लिने तयारी भएपनि एक दिनका लागि प्रतिपक्षका सांसदहरुलाई पर्खेको र संवैधानिक व्यवस्था अनुसार प्रतिपक्ष विना नै संसद चलेको बताइएको छ ।


Top