16th January | 2021 | Saturday | 8:44:36 AM

ज्येष्ठ नागरिकलाई सिरक तथा स्टिल लठ्ठी वितरण

प्रकाश न्यौपाने   POSTED ON : मंसिर १८, २०७७ (१२:४३ PM)

ज्येष्ठ नागरिकलाई सिरक तथा स्टिल लठ्ठी वितरण

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं. १० मा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिकलाई सिरक तथा स्टिल लठ्ठी वितरण गरिएको छ ।

 बर्दघाट वार्ड नं. १० का वार्ड अध्यक्ष राजु मिश्रको अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले ज्येष्ठ नागरिक देशका गहना भएका हुँदा ज्येष्ठ नागरिकले सम्मानजनक बाच्न पाउनु पर्ने बताउँदै बर्दघाट नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि  सो कार्यक्रम आयोजना गरिएको र निर्वाचनका बखत आफुहरुले प्रतिबद्धता गरेको ज्येष्ठ नागरिक भत्ता मासिक ५ हजार पुर्याउने लक्ष्यका साथ अगाडी बढेको बताउनु भयो । 

 कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष समेत  रहनु भएकामा  वार्ड अध्यक्ष मिश्रले बार्षिक निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताउदै वार्डमा रहेका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई एक थान फाईबर सिरक र एक थान स्टिल लठ्ठी प्रदान गर्दै  रामनामी द्धारा सम्मान गरिएको र यसलाई निरन्तरता दिने बताउनु भयो । सो कार्यक्रममा भुताहा चावी टोल बिकास संस्थाका अध्यक्ष हरिलाल श्रेष्ठ वार्ड सदस्य रुद्रबहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ८० बर्ष माथीका  ६० जना ज्येष्ठ आमा बुवाहरुलाई सम्मान गरिएको कार्यक्रममा वार्ड सदस्य बिष्णुमाया सुवेदीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन वार्ड नं. १० का वार्ड सचिव नेत्र नारायण पौडेलले गर्नु भएको थियो ।



Views: 54