17th April | 2021 | Saturday | 2:26:19 AM

गुल्मीमा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु

रमेश विश्वकर्मा   POSTED ON : मंसिर ३०, २०७७ (५:४९ PM)

गुल्मीमा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु

गुल्मी । गुल्मीमा कोरोना संक्रमणका कारण हाल सम्म १३ जनाको ज्यान गएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा गुल्मीका थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो । 

जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ३६ वर्षिय पूरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मंगलबार बिहान ७ः५० बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिनुभएको छ । 

उहाँका अनुसार यहि मंसिर २५ मा उपचारका लागि अस्पताल गएका उनको मंसिर २६ गते कोरोना पोजेटिभ देखिएको थियो ।  आइसियुमा राखेर उपचार भइरहेको बेला उनको मृत्यु भएको खनालले बताउनुभयो ।

शुरुमा कोरोना भाइरस संक्रमणका कारण मदाने गाउँपालिका– ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको बुटवलको क्रिमसन अस्पतालमा गत जेठ ८ गते संक्रमणका कारण ज्यान गएको थियो । गुल्मीमा संक्रमणका कारण ज्यान जाने पहिलो ब्यक्ति उनी थिए ।

यस्तै धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको जेठ ३१ तम्घासको महिला विकास कार्यालयमा रहेको आइसोलेशनमा उपचारको क्रममा ज्यान गएको थियो । 

छत्रकोट गाउँपालिकाका ६८ बर्षिय पुरुषको होम आइसोलेशनमा असार ६ गते ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताउनुभयो ।

यस्तै रुरु क्षेत्र गाउँपालिकाका ७५ बर्षका बृद्धको काठमाण्डौँको ग्रान्डी अस्पतालमा असोज १ गते मृत्यु भएको थियो । इश्मा गाउँपालिकाका ३१ बर्षका पूरुषको संक्रमणका कारण असोज ३ मा काठमाण्डौँको टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

रुपन्देहीको कोरोना बिशेष अस्पतालमा असोज १४ गते मुसिकोट नगरपालिकाका ७८ बर्षका बृद्धको मृत्यु भएको थियो । असोज २२ गते रुरुक्षेत्र गाउँपालिकाका ८१ बर्षका बृद्धको मत्यु भएको थियो । भने असोज ३० गते रेसुंगा नगरपालिकाकी ५५ बर्षकी महिलाको मत्यु भएको थियो । 

कात्तिक १८ गते गुल्मीदरवार गाउँपालिकाका ८५ बर्षका बृद्धको ज्यान गएको थियो । कात्तिक २७ गते रेसुंगा नगरपालिकाका ६८ बर्षका पूरुषको मत्यु भएको थियो । 

मंसिर ३ गते सत्यवती गाउापालिकाका ६५ बर्षका पूरुष र मंसिर ५ गते रेसुंगा नगरपालिका–का ६६ बर्षका पूरुषको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


Views: 91