बुटवल । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल निर्वाचित हुनुभएको छ । रुपन्देहीमा भएको जेसीजको ४७ औं राष्ट्रिय महाधिवेसनले चितवनको विसहजार जेसीजका खनाललाई वर्ष २०२१ को लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको हो । विहिवार भएको निर्वाचनमा उहाँले १ हजार ९० मत प्राप्त गर्नुभएको थियो । खनालका प्रतिस्प्रधी दाङको त्रिभुवननगर जेसीजका लालमणी भण्डारीले ५ सय १२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसै गरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सुमनकृष्ण श्रेष्ठ, अरुणकुमार दाहाल, भोजराज चापागाई र शिवकुमार भुसाल निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय उपाध्यक्षमा रजनी थापा, कल्पना पाण्डे कुसुम, सुनिल तिमिल्सीना, विमल ज्ञवाली, विमला सुवेदी, प्रमिला काफ्ले, सुजन बरुवाल, राजन गौतम, पायल शर्मा, दिपेन्द्र निरौला, अनोज जोशी र गौतम शाह विजयी हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष अरुणेश्वर खनालले जेसीजको महासचिवमा विकास मानन्धर, कोषाध्यक्षमा पविन्द्र शर्मा, कानुनी सल्लाहकारमा गोकुल सापकोटालाई मनोनयन गर्नुभएको छ । भलवारी जेसीजको आतिथ्यतामा गत बुधबारदेखी रुपन्देहीमा राष्ट्रिय महाधिवेसन सुरु भएको थियो । महाधिवेसनमा देशभरका १ सय ५६ वटा शाखाको सहभागीता रहेको थियो ।
Views: 194