17th April | 2021 | Saturday | 2:08:03 AM

भीरबाट लडेर एक पुरुषको मृत्यु

रामचन्द्र रायमाझी   POSTED ON : पुष ५, २०७७ (४:०० PM)

भीरबाट लडेर एक पुरुषको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राति घरबाट हिडेका ४४ वर्षीय गणेश विष्ट आइतबार विहान घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका थिए ।

अध्याधिक मापसे सेवन गरेका कारण भीरबाट लडेर उनको मृत्यु भएको  हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।


Views: 136