17th April | 2021 | Saturday | 1:39:03 AM

एशियन लाईफ इन्सोरेन्स गुल्मी उपशाखाद्वारा मृत्युदाबी रकम भुक्तानी

गुल्मी संवाददाता   POSTED ON : पुष ७, २०७७ (११:२३ AM)

एशियन लाईफ इन्सोरेन्स गुल्मी उपशाखाद्वारा मृत्युदाबी रकम भुक्तानी

गुल्मी । एशियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड उपशाखा गुल्मीद्वारा मृत्युदाबी रकम भुक्तानी गरिएको छ । मालिका गाउँपालिका–६ छापहिलेकी मिना अर्यालको निधन भएपछि उहाँको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरिएको हो । अर्यालले उपशाखाको कार्यालय तम्घासमा २०७६ बैशाखमा १५ वर्षका लागि १ लाख बिमाङ्क बराबरको आजिवन बीमा गरेकी थिईन् । 

पहिलो किस्ता बापतको रु ८ हजार आठ सय ५७ रुपैँया समेत जम्मा गरेकी थिईन् । तर दोस्रो किस्ता जम्मा गर्न नपाउँदै अर्यालको २०७७ बैशाखमा क्यान्सर रोगका कारण ३७ वर्षको अल्पायुमै मृत्यु भएको थियो । सोमबार उपशाखाको कार्यालय तम्घासमा उपशाखा प्रमुख राजन केसीले अर्यालका श्रीमान चुरामणी अर्याललाई मृत्युदावी भुक्तानी बापतको रु १ लाख ३ हजार ५४३ रुपैँया बराबरको चेक हस्तान्तरण गरेका थिए । 

गुल्मी जिल्लामा २०६६ साल देखि यस इन्सोरेन्सले सेवा पुर्याउँदै आएको उपशाखा प्रमुख केसीले जानकारी दिए । गनले हालसम्म यस जिल्लामा ५ सय सक्रिय अभिकर्ता रहेको बताए । कम्पनीको २०७७ साल असोज मसान्तसम्म २३ अर्ब ६ करोड रुपैयाँको जीवन बीमा कोष रहेको जनाईएको छ । त्यस्तै सोहि अवधिसम्ममा २४ अर्ब १६ करोड रुपैँया लगानी तथा कर्जामा रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल २ अर्ब ३२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल ३९ वटा शाखा र १०१ वटा उपशाखाबाट सेवा दिदै आइरहेको छ ।


Views: 79