17th April | 2021 | Saturday | 1:40:53 AM

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल

प्रकाश न्यौपाने   POSTED ON : पुष १३, २०७७ (४:०१ PM)

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल

परासी । पश्चिम नवलपरासीमा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव पूर्वमन्त्री घनश्याम भुसालले केपी ओलिले  खोसेर लगेको संसद् फिर्ता ल्याएरै छाड्ने दाबी गर्नु भयो ।  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार परासी पुगेका भुसालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले केहि झुन्डले  संसद् विघटन गरेको आरोप लगाउनु भयो । 

देशमा अहिले असंवैधानिक तरिकाले ससद विघटन गरिएको छ ।  संसद्लाई कांग्रेस र लोकतन्त्र पक्षधर कम्यनिष्ट शक्ति मिलेर पुर्नस्थापित गर्नु पर्ने बताउनु भयो । 

 ’कांग्रेस र कम्युनिष्टहरुको सम्बन्ध कमजोर हुँदा नेपालमा लोकतन्त्रले घुँटा टेकेको इतिहास छ । त्यसैले राजाले लगेको संविधान कांग्रेस र कम्युनिष्ट मिलेर फिर्ता गरेको भन्दै उहाले अहिले पनि  संविधान पनि दुई शक्ति मिलेर संयुक्त रुपमा फिर्ता ल्याउने बताउनु भयो । 

देशमा स्थिरता कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी अहिले अदालत र न्यायाधिहरुको काँधमा गएको बताउँदै नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा अदालतबाट हुनेमा समेत बिश्वस्त हुन समेत आग्रह गर्नु भयो । नेता भुसाल प्रचण्ड–नेपाल समूहका हुन् ।


Views: 108