17th April | 2021 | Saturday | 1:58:46 AM

एक ट्रक गोरु नियन्त्रणमा

विवेक खड्का   POSTED ON : पुष १४, २०७७ (६:०५ PM)

एक ट्रक गोरु नियन्त्रणमा

दाङ । मंगलबार विहान साढे २ बजेतिर दाङको दमारगाउँ प्रहरी पोष्टले एक ट्रक गोरु नियन्त्रणमा लियो । गोरुसंगै पाँच जना ब्यक्तीलाई पनि नियन्त्रणमा लियो । तर, ति गोरु कहाँ लैजान लागेका हुन्, भन्ने बिषयमा खुल्न सकेको छैन् । पक्राउ परेका पाँच जना ब्यक्तिले अरुले नै आफूहरुलाई गोरु लैजान भनि पठाएको बयान दिएका छन् ।‘हामीलाई यहाँबाट गोरु लगेर जान भनेर कसैले पठाए, त्यही अनुसार लिएर जान लागेका थियौं’, उनीहरुको बयान छ‘ तर, कसले पठायो भनेर खुलाएका छैनन् ।’

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार गोरु तस्करको ठूलो सञ्जाल हुन सक्ने भन्दै अनुसन्धान भइरहेको छ । केही समय अघि मात्रै गोरु तस्कर गरिरहेको अबस्थामा ११ जनालाई पक्राउ गरि मुद्दा समेत चलाएको उहाँले वताउनु भयो । अहिले पक्राउ परेका पाँच जनालाई पनि मुद्दा चलाउने प्रमुख सिंहको भनाई छ । ना ६ ख ७३०९ नम्बरको ट्रकमा २६ वटा गोरु अमिलिया तिर लैजान लागिएको अबस्थामा ति गोरु नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका गोरुहरुलाई स्थानीय सरकारसंग समन्वय गरेर व्यबस्थापन गरिने भएको छ । स्थानीयका अनुसार तुलसीपुर १३ स्थित ढकनामा गोरु संकलन गर्ने र त्यहाँबाट राति–राति गोरु तस्करी गरेर लैजाने गरिएको छ । लामो समयदेखि यो सृङ्खला चलिरहेको त्यहाँका स्थानीयले बताएका छन् ।


Views: 112