17th April | 2021 | Saturday | 1:27:30 AM

नवलपरासी प्रहरीद्वारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

प्रकाश न्यौपाने   POSTED ON : पुष १५, २०७७ (७:३९ PM)

नवलपरासी प्रहरीद्वारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी  । नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट २ लाख ७५ हजार मुल्य बराबरको अबैध मालसामन   पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै र नेपालबाट भारततर्फ लैजादै गरेको पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ७५ हजार मुल्य बराबरको अबैध मालसामन आज पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । २३ हजार ३ सय  मुल्य बराबरको लेडिज कुर्ता, कटनको पटुकी , चिनी, बिजुलीको चिम लगायतका बिभिन्न मालसामान र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको २८ हजार मुल्य बराबरको ७ बोरामा ३५० केजी  सेतो मटर प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गांउपालिका वडा नं(७ शंकरपुर बाट पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयो ।  सामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिसहरु मोटरसाईकल सहित भागेका थिए ।

यस्तै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी २ लाख मुल्य बराबरको ३० बोरामा १५ क्वीन्टल मटर र ४५ बोरामा १० क्वीन्टल मुरली मकै साथै भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २४ हजार मुल्य बराबरको ८ बोरामा ४ क्वीन्टल चिनी प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं( ५ बसहियाबाट बरामद गरीएको लामाले बताउनु भयो   । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।


Views: 141