17th April | 2021 | Saturday | 2:25:33 AM

दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

  POSTED ON : पुष १६, २०७७ (५:०६ PM)

दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

गुल्मी । दुर्घटनामा घाइते जिल्लाका एक युवालाई आर्थिक सहयोग जुटेको छ । गत पुस ३ गते अटो दुर्घटनामा घाइते भएका रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल विकको लागि आर्थिक सहयोग जुटेको हो । उनी दुविचौर मा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा परी घाइते भएका छन् । घाइते उनको आर्थिक अभावमा उपचारमा समस्या आएपछि जिल्लाका विभिन्न संघ संस्थाहरुले सहयोग संकलन गरेका हुन् ।

घाइते विकको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ । उपचारमा रकम अभाव भएपछि जिल्लाका कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारहरुबाट रकम संकलन गरी सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा १ लाख १२ हजार १ सय ४० रुपैयाँ सहयोग संकलन गरी घाइते युवाको आमा सुन्ती विकलाई हस्तातरण गरिएको छ । रकम हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । अटो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा रेसुङ्गा नगरपालिका वडा १३ दुबिचौर भन्ने स्थानमा अटो दुर्घटनामा परेको थियो ।


Views: 88