13th April | 2021 | Tuesday | 6:16:40 PM

मोटरसाइकलमा सवार महिलालाई बाघले झम्टिएर लगेको १६ घन्टा पछि शव फेला

दीपककुमार शर्मा   POSTED ON : पुष १८, २०७७ (३:०२ PM)

मोटरसाइकलमा सवार महिलालाई बाघले झम्टिएर लगेको १६ घन्टा पछि शव फेला

बर्दिया । मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेर लगेको १६ घन्टा पछि शव फेला परेको छ । 

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र अम्रेनि पोष्टदेखि करिब ६ किलो मिटर पश्चिम तर्फ मोटरसाइकलमा सवार कैलाली लम्किचुहा नगरपालिका वार्ड न ४ निवासी ५० वर्षिय नन्दकला थापालाई बाघले झम्टेर जंगलतर्फ लगेको थियो । 

उपचार गरेर घर फर्कदै गर्दा गएराति करिब ८ वजेतिर बाघले झम्टिएको थियो मोटरसाइकल चालक थापाका छोरा सामान्य घाइते भएका छन । बाघले एक्कासी आर्कमण गरी मोटरसाइकलमा पछाडि वसेकालाई झम्टेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक   योगेन्द्र खडकाले बताउनु भयो । 

उहाँका अनुसार राति खोजीकार्य असम्भव भएपछि विहान पख खोजी कार्य गर्दा बाघले झम्टेर लगेको स्थान देखि करिब ३ सय मिटर पश्चिम उत्तर तर्फ ति महिलाको शव फेला परेको बताउनु भयो । बर्दियामा पछिल्लो समय बाघ आतंक बढदै गएको छ । बाघ आतंककै कारण पछिल्लो ३ महिनामा ७  जना मानिसको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन्। 


Views: 126