पाल्पा । पाल्पामा टिपर सहित भएका छुट्टाछुट्टै घटनामा आईतबार दुई पुरुषको मृत्यु भएको छ । जिल्लाको माथागढी र रिब्दीकोटमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।
रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो । टिपर अनियन्त्रित भई दुर्घटना भएको हो ।
यस्तै माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो । उहाँ शुक्रबार घर नजिकैको बाटोदेखि तल खस्न जाँदा घाइते हुनुभएको थियो । घाइते उहाँलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Views: 78