13th April | 2021 | Tuesday | 6:56:22 PM

निकुञ्ज क्षेत्रमा रातिको समयमा दुईपाग्रे सवारी साधनमा रोक

दीपककुमार शर्मा   POSTED ON : पुष १९, २०७७ (६:०९ PM)

 निकुञ्ज क्षेत्रमा रातिको समयमा दुईपाग्रे सवारी साधनमा रोक

बर्दिया । जंगली जनावरको बढ्दो आक्रमणका कारण बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुईपाग्रे साधनमा रोक लगाइएको छ । 

बन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बृद्धि भैरहेको हुदा पुर्व पश्चिम राजमार्गमा बेलुकी ८ वजेदेखि विहान ६ वजेसम्मका मोटरसाइकल , अटो रिक्सा , साइकल तथा पैदलका लागी रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनु भयो । 

केहि महिनादेखि पाटे बाघ लगायत अन्य हिंस्रक वन्यजन्तुको आक्रमणबाट मानविय क्षति बढ्दै गएको हुँदा त्यस्ता घटना भविश्यमा नहोस् भन्नका लागी हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दे सो नियम बनाइएको बताइएको छ । 

गत विहिवार बेलुकी नेपालगञ्जबाट कैलालीको टिकापुर जाँदै गर्दा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेर जंगलमा लगेको थियो । उनको शव विहान फेला परेको थियो । बर्दियामा गएको ३ महिनाको अवधिमा ७ जना मानिसको बाघको आक्रमणमा परी मृत्यु भइसकेको  छ । 


Views: 85