13th April | 2021 | Tuesday | 7:52:46 PM

दाङमा राष्ट्रिय परिचय पत्र वितरणका लागि आवेदकको संख्या न्यून

विवेक खड्का   POSTED ON : पुष २१, २०७७ (५:१० PM)

दाङमा राष्ट्रिय परिचय पत्र वितरणका लागि आवेदकको संख्या न्यून

दाङ । कोरोना कहरका कारण दाङमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने व्यक्तिको संख्या बढ्न सकेको छैन ।  दाङमा साउन १८ गते राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण लिन शुरू गरिए पनि करिब दुई महिनासम्म न्यून व्यक्तिले मात्रै आवेदन भरेका छन् । 

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट आवेदन दिन सकिने भएपनि असोज ४ गतेसम्म दुईसय ७० जनाले मात्रै आवेदन दिएका छन् । प्रशासन परिसरमा डेस्क स्थापना गरी परिचयपत्रका लागि विवरण संकलन गर्न शुरू गरिए पनि अहिलेसम्म थोरै व्यक्तिले मात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण दिएको कम्प्युटर अपरेटर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।‘जिल्लामा करिब १५ दिन लकडाउनका कारण पनि आवेदन दिने व्यक्ति थोरै रहेका छन’ उहाँले भन्नुभयोे–‘शुरू भएपछि अहिलेसम्म दुईसय ७० जनाले मात्रै आवेदन दिएका छन् ।’ जिल्ला प्रशासनमा दैनिक पाँच÷छजनाले परिचयपत्रका लागि आवेदन दिने गरेका छन् ।सबै ठाउँमा प्रचार–प्रसार नहुँदा पनि धेरै व्यक्ति परिचयपत्रका लागि विवरण दिन आउन नआएको हुनसक्ने उहाँले बताउनुभयो ।‘विवरण लिन शुरू गरेको दुई महिना पुग्न लाग्यो तर विवरणका लागि थोरै मानिसहरूमात्रै आउने गरेका छन’ उहाँले भन्नुभयोे– ‘हामीहरू त्यही काम गर्ने भनेर खटिएका छौँ, तर सेवाग्राही आउनुभएको छैन् ।’ कोरोना कहरका कारण पनि सेवाग्राही उल्लेख्यरूपमा आउन नसेकेको उहाँको भनाई छ ।‘कोरोना कहरका कारण जिल्लामा दुईसाता त लकडाउन नै भयो, त्यसपछि पनि कोरोनाको त्रासका कारण नागरिकहरू राष्ट्रिय परिचयपत्रका लागि विवरण दिन आउने गरेका छैनन् ।’जिल्ला अहिले एक ठाउँबाट मात्रै विवरण लिने काम शुरू भएको प्रमुख जिल्ला अधिकारी जयनारायणले जानकारी दिनुभयो ।‘ अहिले जिल्लाको एक ठाउँबाट मात्रै विवरण लिन शुरू भएको छ, केही समयपछि वडा–वडामा यो काम हुनेछ’ उहाँले भन्नुभयोे– ‘कोरोना कहरका कारण पनि नागरिक परिचयपत्रका लागि प्रशासनमा नआउनुभएको हुनसक्छ ।’सरकारले वितरण गर्न लागेको परिचयपत्रमा चिपसहितको स्मार्ट कार्डमा बाहकको दश औंठा छापसहितको वैयक्तिक विवरण समावेश हुन्छ । 

कार्ड कार्यान्वयनमा आएपछि बाहकको सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पूर्जाजस्ता सामग्री बोकेर हिड्ने झन्झटबाट मुक्त हुने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।राष्ट्रिय परिचयपत्र लिन नेपाली नागरिकतासहितको तीनपुस्ते विवरण अनिवार्य समावेश गरिने भएकाले गैरनेपालीले लिन नसक्ने र कसैले पनि अर्काको परिचयपत्र गलत ढंगले प्रयोग गर्न नसक्ने उहाँले वताउनुभयो । 

संघीय सरकारले २०७५ असार ५ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेको थियो । त्यसपछि पछिल्लो समय विभिन्न जिल्लाबाट वितरणको काम शुरू भएको हो । आवेदन अर्थात् व्यक्तिगत विवरण दिएको करिब एक वर्षपछि मात्रै परिचयपत्र प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


Views: 94