13th April | 2021 | Tuesday | 6:37:12 PM

एमसिसिका विषयमा घनिभूत छलफल गरेर निर्णयमा पुग्नुपर्छ : मन्त्री रायमाझी

हिमालय टाइम्स   POSTED ON : माघ २, २०७७ (५:४९ PM)

एमसिसिका विषयमा घनिभूत छलफल गरेर निर्णयमा पुग्नुपर्छ : मन्त्री रायमाझी

बुटवल । उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले अब चुनावमा जानुको विकल्प नरहेको बताउनुभएको छ । सरकारले अस्थिताको विकाल्पमा चुनाव रोजेको भन्दै उहाँले अब देश निर्वाचनमा होमिएको दाबी गर्नुभयो ।  

रिपोटर्स क्लव नेपाल लुम्बिनीले आज बुटवलमा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रायमाझीले अव सडक नभइ चुनावमा जान आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो ।   

रायमाझीले सरकारलाई सडकमा फालेर देशलाई अराजकता तर्फ लैजाने चलखेलबाट बचाउन प्रतिनिधि सभा भंग गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खेल सुरु भयो । अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो । त्यसकारण संसद विघटनको बाध्यत्मक अवस्था आएको हो।’ उहाँले भन्नुभयो । रायमाझीले प्रचण्ड–माधब नेपालकै कारण यो अवस्था आएको दाबी गर्नुभयो ।

उर्जामन्त्री रायमाझीले एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने बताउनुयभो । खारेज गर्ने या लागू गर्ने भन्ने अलमलमा बस्न नहुने भन्दै उहाँले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने उल्लेख गर्नुभयो ।

रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी गरे। उर्जा संकट निवारण काल भनेर ९९ बुदे योजना आँफूले तयार गरेको त्यस कमिटिमा कुलमान घिसिडलाई पनि राखेको उहाँले बताउनुभयो । ‘तर अन्तिम समयमा सरकार ढल्यो। त्यसको जस अर्कैले लिएको उहाँको दाबी छ। 


Views: 85