13th April | 2021 | Tuesday | 7:52:03 PM

विध्वसंको अर्को नाम केपी ओली : माधव नेपाल

विवेक खड्का   POSTED ON : माघ ३, २०७७ (५:२० PM)

विध्वसंको अर्को नाम केपी ओली : माधव नेपाल

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले विध्वसंको अर्को नाम केपी ओली भएको बताउनु भएको छ ।

दाङको घोराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको समेत बताउनु भयो।

प्रेस संगठन दाङको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा रहेको समेत बताउनुभयो । त्यसकालागि देउवासंग सहमति भएको उहाको भनाई छ । उहाले संसद विघटन संविधान विपरीत रहेको भन्दै केपी ओलीमा अहमता र तानाशाह प्रवृत्ति रहेको समेत बताउनुचयो । साथै पार्टीबाट दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर नपर्ने समेत उहाको भनाई छ ।

नेपालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, युवराज ज्ञवाली, वर्षमान पुनलगायतका नेताहरु दाङको तुलसीपुरमा भएको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्न आएका छन् ।


Views: 85