13th April | 2021 | Tuesday | 6:21:14 PM

पाल्पामा टिपरलाई ‘टाइम कार्ड’

रामचन्द्र रायमाझी   POSTED ON : माघ ६, २०७७ (६:३० PM)

पाल्पामा टिपरलाई ‘टाइम कार्ड’

पाल्पा । टिपर आतंकाका कारण दुर्घटना बढ्दै गएपछि  टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टिपरको बढ्दो आतंक रोक्न सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरेको हो । 

पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरिएको छ ।  अब पाल्पा र नवलपरासी चल्ने सडकमा टिपरले यो नियमको पूर्ण  रुपमा पालना गर्नु पर्ने छ । ‘टाइम कार्ड’ले टिपरको तीव्र गति र सडकमा टिपरका कारण हुने दुर्घटना नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । टिपरलाई मात्र लक्षित गरेर ‘टाइम कार्ड’ लागू गरिएको हो ।

तिव्र गतिमा सवारी चलाएका कारण दूर्घटना बढेको भन्दै न्यूनिकरणको लागि टाईम कार्ड लागू गर्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । टाइम कार्ड लागू भएपछि पाल्पाको दोभानदेखि बुटवल धागो कारखाना रामनगरसम्मको ११ किलोमिटर दुरीमा प्रति घण्टा २० किलोमिटरको गतिमा ३३ मिनेटको समयमा पुग्नुपर्ने छ ।

 ‘टाइम कार्ड’ लागू गरिएका कारण अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा टिपर गन्तव्यमा पुग्नुपर्ने हुन्छ । तोकेको समयभन्दा अगाडि नै पुग्ने टिपर कारवाहीको भागीदार बन्नु पर्नेछ । तीव्र गतिमा कुदाउने गरिएको र अयोग्य चालकले चलाउने गरेका टिपरका कारण सडक दुर्घटना बढिरहेको  ट्राफिक प्रहरीले जनाएको छ । 




Views: 96