13th April | 2021 | Tuesday | 6:52:43 PM

घोराहीमा विकास निर्माणका काम धमाधम

विवेक खड्का   POSTED ON : माघ ९, २०७७ (२:४६ PM)

घोराहीमा विकास निर्माणका काम धमाधम

दाङ । घोराहीमा विकास निर्माणका कामहरू धमाधम सुरू भएका छन् । घोराही बजारका नाला निर्माण, बाटो पिच गर्नेदेखि गाउँ, बजार जोड्ने सडकहरूको काम धमाधम भईरहेको छ ।

पूर्वाधारको कामलाई प्राथमिकतामा राखेको घोराही उपमहानगरले आफ्नो नगर क्षेत्रका विकास निर्माणका कामहरूमा गति बढाएको छ । प्रदेश सरकार र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर विकास निर्माणका कामहरूलाई तिव्रता दिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

विकास निर्माणको कामको ढिलाई सुस्तीमा व्यापक गुनासो आउन थालेपछि स्थानीय यहाँका स्थानीय सरकार आफैले सडक डिभिजन कार्यालय, प्रदेश सरकार र केन्द्रीय सरकारसँग पहल गरेर कामलाई तिव्रता दिएको छ । सबैभन्दा बढी गुनासो आउने गरेको घोराहीको तुलसीपुर चोकको काम पनि सकिएको छ । प्रदेश वा सरकारले हेर्ने योजना भन्दै लामो समयदेखि काम भएको थिएन् । घोराही उपमहानगरले आफै नै पहल गरेर अहिले घोराहीको तुलसीपुर चोकको मुहार फेरिएको छ ।

त्यस बाहेकको पश्चिमतर्फको सडक अथवा घोराहीदेखि तुलसीपुर जाने सडकको भने अदालतमा मुद्दा चलिरहेकाले काम हुन सकिरहेको छैन् । विशेषगरी अहिले घोराहीमा बजारमा धमाधम विकास निर्माणका काम भईरहेको देख्न सकिन्छ । कतै नाला पलस्टर गरिरहेका, कतै सडक कालोपत्रे गरिरहेका त कतै कालोपत्रे गर्नको लागि तयारी अवस्थामा भईरहेका छन् ।

बजारमा मात्रै होइन् गाउँ जोड्ने सडकहरू पनि धमाधम काम भईरहेका छन् । गाउँ जोड्ने सडकका ट्रयाक गत वर्ष नै खोलिएका थिए । अहिले धमाधम कालोपत्रे भईरहेका छन् । जसले गर्दा घोराहीमा सडकका रूप नै बेग्लै देखिएको छ । ‘नगरले गर्ने काम त लगभग गरिरहेका छौ, संघ प्रदेशले हेर्ने काममा केही प्राविधिक ढिलाई पक्कै भएको हो’ घोराही उपमहानगर–पालिकाका प्रमुख नरूलाल चौधरीले भन्नुभयो ‘सडकको विषयकलाई लिएर व्यापक जनगुनासो आउन थालेपछि हामीले नै समन्वय गरेर काम अगाडी बढाएका छौं ।’ प्रदेश, संघ र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर नगरको विकासको कामलाई धमाधम अगाडी बढाएको वताउनुभयो । ‘तुलसीपुर चोकको सडकको काम पनि सकिएको छ, त्यो संघीय सरकार र सडक कार्यालयसंग समन्वय गरेका हाँै’ नगर प्रमुख चौधरीले भन्नुभयो ‘तुलसीपुर जाने सडकको लागि पनि पहल गरिरहेका छौँ ।’

अदालतको प्रक्रियामा रहेकाले केही पनि गर्न नसकिएको वताउनुभयो । अदालतको प्रक्रियाको लागि छलफल गरेर त्यो सडकको काम पनि गरिसक्ने उहाँको भनाई छ । चाँडै नै काम सम्पन्न गराउनको लागि जिम्मा लिएका सम्बन्धित निर्माण व्यवसायीहरूलाई खबरदारी गरिरहेको उहाँले वताउनुभयो । कटुवाखोलाको पुलको बाँकी काम पनि अब समन्वय गरेर आफैले गर्ने वताउनुभयो । ‘त्यहाँ धुलो उडेर धेरै गुनासो आएको छ’ उहाँले भन्नुभयो ‘त्यसको लागि हामीले छलफल गर्दैछौ ।

घोराही उपमहानगर–पालिकाका ईन्जिनियर युवराज पौडेलले घोराहीको नेपाल बैंक रोडदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन जाने बाटोको लागि पनि टेण्डर भईरहेको वताउनुभयो । त्यो सडक निर्माणको लागि ७५ लाख घोराही उपमहानगरले छुट्याएको छ भने प्रदेश सरकारले पनि ७५ लाख रूपैयाँ बजेट छुटयाएको छ ।

त्यसैगरी भरतपुर जाने उकालो बाटोदेखि लखवार जाने बाटोको लागि पनि टेण्डर भईरहेको छ । त्यसको लागि पनि घोराही उपमहानगर–पालिका र प्रदेश सरकारले डेढ करोड रूपैयाँ बजेट छुटयाएको छ । खैरा–कोठरी जाने बाटोको लागि घोराही उपमहानगर र प्रदेश सरकारले गरेर एक करोड रूपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी घोराहीको दामोदर चोकदेखि लखनपार्क हँुदै आर्मी व्यारेक जाने सडकको लागि २ करोड रूपैयाँ बजेट छुट्याएको छ । ‘यि सडकको लागि टेण्डर भईरहेको छ’ घोराही उपमहानगर–पालिकाका ईन्जिनियर पौडेलले भन्नुभयो ‘अब चाँडै नै काम शुरू हुन्छ ।’ घोराहीमा विकास निर्माणका कामहरू समयमै भईरहेको उहाँले वताउनुभयो । घोराहीमा यतिबेला विकास निर्माणको काम भईरहेको देख्दा यहाँका स्थानीयहरू पनि खुशी छन् । ‘काम गरेपछि त हुने रहेछ त’ घोराही उपमहानगरपालिका वडा नं. १५ का विकास पौडेलले भन्नुभयोे ‘एकअर्काको मुख ताक्दा नै ढिलो भएको हो ।’ एउटा समन्वय ग¥यो भने सबै कामहरू सहजरूपमा हुने उहाँले वताउनुभयो । ‘घोराहीको तुलसीपुर चोकको काम ठूलो होइन्, तर धेरै समय लाग्यो, गुनासो पनि धेरै भएको थियो’ उहाँले भन्नुभयो । 


Views: 81