5th March | 2021 | Friday | 3:32:08 AM

बर्दियामा निर्वाचनको तयारी : राजनितिक दलहरु सकारात्मक देखिएका छन्–निर्वाचन आयोग

दीपककुमार शर्मा   POSTED ON : माघ ९, २०७७ (४:०९ PM)

बर्दियामा निर्वाचनको तयारी : राजनितिक दलहरु सकारात्मक देखिएका छन्–निर्वाचन आयोग

बर्दिया । बर्दियामा निर्वाचन सम्वन्धि गतिविधि अघाडि बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो । 

निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखि नै फाटोसहितको मतदाता नामावली संकलन रोकेको निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले बताउनु भयो । निर्वाचन सम्वन्धि गतिविधिहरु जारी रहेको र निर्वाचनको तयारीका लागी सरोकारवालाहरु संग छलफल जारी रहेको बताइएको छ , जस अन्तर्गत राजनितिक दलहरु संग छलफल सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धिबहादुर खत्रीका अनुसार २०७४ सालमा भएको निर्वाचन भन्दा यस निर्वाचनमा करिब २३ हजार नया मतदाता थपिएका छन । २०७४ सालमा भएको संघिय निर्वाचनमा २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेकोका यसपटक २ लाख ९५ हजार ५ सय ६ पुगेको हो । जम्मा मतदाता मध्ये केहि कम हुने बताइएको छ । मृत्यु, बसाई सराई तथा नागरिकता त्याग गरेकाको नामावली हटाइने भएको हो । 

माघ १५ गते देखि २१ गते सम्म आठ वटै स्थानिय तहको कार्यालयमा दावि विरोधको समय राखिएको बताइएको छ । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने,केन्द्र सच्याउने लगायतका काम हुने जिल्ला निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी राजेशकुमार यादवले बताउनु भयो । यसै गरी मतदान केन्द्र २८ वटा थप हुन सक्ने यादवले बताउनु भयो । २०७४ सालमा भएको निर्वाचनमा ३ सय २९ वटा मतदान केन्द्र रहेका थिए । 


Views: 52