5th March | 2021 | Friday | 2:54:33 AM

ओलीले केशरजंग भन्दा अघि बढेर कम्युनिष्ट सिध्याउन लागे : युवराज ज्ञवाली

सुदीप भण्डारी   POSTED ON : माघ १०, २०७७ (३:११ PM)

ओलीले केशरजंग भन्दा अघि बढेर कम्युनिष्ट सिध्याउन लागे :  युवराज ज्ञवाली

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले केपीओलीले कम्युनिष्टको खोल ओढेर राष्ट्रघाति र प्रतिगमनकारी काम गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभा विघटन गरेर ओलीले कम्युनिष्ट पार्टीमाथि ठूलो प्रहार गरेको ज्ञवालीले उल्लेख गर्नुभयो । 

बुटवलमा आयोजितपत्रकार सम्मेलनमा नेता ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले केशरजंग रायमाझी भन्दा अघि बढेर कम्युनिष्ट सिध्याउन लागेको बताउनुभयो । ‘रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेका हुन्, केपी ओलीले आफै प्रतिगमन गरे ।’ उहाँले भन्नुभयो, ‘रायमाझी भन्दा केपी अझ प्रतिगमनकारी र जनताको विश्वाशघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्याउन खोजेका छन् ।’

ज्ञवालीले केपी ओलीले कम्युनिष्ट पार्टी नै खतम गर्न खोजेको भन्दै पार्टी, देश र व्यवस्था बचाउन आफूहरु लागी रहेको बताउनुभयो । विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उहाँले प्रधानमन्त्रीको प्रयासलाई असफल पार्ने दाबी गर्नुभयो। ज्ञवालीले विहीवार काठमाडौमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताउनुभयो । उहाँले ओलीको अहंकारको पराजयहुन जरुरी रहेको बताउनुभयो । ज्ञवालीले पार्टी एक नै भएपनि केपी ओलीको नेतृत्वमा अबएकिकृत पार्टी नहुने दाबी गर्नुभयो। ‘सार्वजनिक रुपमामाफी माग्नु भयो भने पार्टीमा रहनुहुन्छ । तर एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्ष अब बन्न सक्नुहुन्न । ’उहाँले भन्नुभयो । 

पत्रकार सम्मेलनमा माघ १५ गते बुटवलमा विरोध सभा गर्ने जानकारी गराइएको थियो । नेकपाका प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले बुटवलको पुष्पलाल पार्कमा विरोध सभा गर्ने र त्यस अघि शहरका तीन तिरबाट जुलस निकाल्ने जानकारी दिनुभयो । विरोधसभामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 


Views: 86