5th March | 2021 | Friday | 2:59:04 AM

नवलपरासीमा अवैध मालसामान बरामद

प्रकाश न्यौपाने   POSTED ON : माघ १३, २०७७ (२:३८ PM)

नवलपरासीमा अवैध मालसामान बरामद

नवलपरासी ।  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आज आइतबार करीब ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर ९केराउ० र ४ बोरामा ८० किलो मुरली मकै प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियाबाट बरामद गरेको हो ।

उक्त मटर ९केराउ० र मकै मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा र १९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा सुस्ता गांउपालिका वडा नं।१ छघरे स्थित सिसौं घारीबाट बरामद गरेको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Views: 190