बर्दिया । द्धन्द्ध कालमा गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कानुन अनुसार कारवाहीको भागिदार बनाउने कार्यमा वर्तमान सरकार लागी परेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनु भएको छ ।
विहीवार बर्दियामा द्धन्द्ध कालमा बेपत्ता परिएका व्यक्तिको परिवारलाई पीडित पहिचान तथा परिचय पत्र वितरणको सुभारम्भ गर्दै मन्त्री ज्ञवालीले द्धन्द्धकालमा भएका गम्भिर मानव अधिकार उल्लघङन घटनामा संलग्न भएकालाई कानुनको दायरालाई ल्याई पीडितलाई न्याय दिलाउने कार्यमा सरकारले लागी परेको बताउनु भएको हो । त्यस्ता जघन्य अपराधमा संलग्नलाई कार्वाहि गर्ने वा पिडितको सहमतिमा माफि दिने के गर्ने भन्ने विषयमा पिडितको राय लियरै अगाडि बढने समेत बताउनु भयो । साथै उहाले नेपालमा लामो समय सम्म चलेको द्धन्द्धलाई आफैले अन्त्य गरी शान्ति प्रकृयामा गएको संविधान सभा मार्फत सविधान निर्माण पनि गरिसकेको हुदा बाहिरी शक्तिहरुले आवश्यकता भन्दा वढि चासो लिइरहेको हुदा त्यो आवश्यक नभएको भन्दै सो समस्या पनि नेपालले आफै समाधान गर्ने बताउनु भयो ।
द्धन्द्धकालमा वेपत्ता पारिएका नागरिकलाई आफना मान्छे कसरी किन मारिएका हुन जिउदो छन वा छैनन भन्ने जान्न पाउने अधिकार बाट बन्चित पारिने भन्दै केहि विदेश शक्तिको इसारामा हिजो द्धन्द्धकालमा जे भयो सो भयो भन्दे आलटाल गरेर बस्ने परिपाटि लाई अन्त्य गरी पिडितलाई न्याय दिलाउनका लागी बर्तमान सरकारले लागी परेको समेत बताउनु भयो । साथै उहाले बेपत्ता पारिएका नागरिकलाई यो परिचय पत्रले एउटा पहिचान दिने भन्दै सरकारले त्यस्ता पिडितहरुको हकमा के गर्न सकिन्छ भनेर बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले दिएको सिफारिस अनुसार नै सरकार अगाडि बढने बताउनु भयो ।
१२ वर्ष सम्म चलेको शशस्त्र द्धन्द्धका कारण बर्दियामा २ सय ५५ जना मानिस तत्कालिन राज्य पक्ष र विद्रोहि पक्षबाट वेपत्ता पारिएका थिए । ति मध्ये २ सय २४ जनाले राहत पाएका छन ।
Views: 69