पाल्पा । पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।
आफ्नै घर अगाडि रहेको पानी बग्ने कुलोमा डुवि रहेको अवस्थामा शिशुलाई आमा योगमायाले फेला पार्नुभएको थियो । उहाँले छोरालाई कुलोबाट तत्काल उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पु¥याउनुभएको थियो । तर अस्पतालका डाक्टरहरुले भने शिशुको मृत्यु भएको घोषणा गरेका थिए ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
Views: 89