18th April | 2021 | Sunday | 12:04:21 AM

गुल्मीमा १ हजार ७ सय ४५ जनाले लगाए कोरोना विरुद्धको खोप

हिमालय टाइम्स   POSTED ON : माघ २५, २०७७ (६:०१ PM)

गुल्मीमा १ हजार ७ सय ४५ जनाले लगाए कोरोना विरुद्धको खोप

गुल्मी । गुल्मीमा पहिलो चरणमा एक हजार सात सय भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरण अन्तर्गत १ हजार ८ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ७ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिनुभयो । यस जिल्लामा माघ १५ गते बिहिबार देखि खोप लगाउन सुरु गरिएको थियो ।

जसमा पाँच सय ९८ जना स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारीहरु १ सय ८२ जना, महिला स्वास्थ्यस्वयंम सेविका ७ सय ६० जना, पालिकाका सरसफाईकर्मीहरु ६ जना, एम्बुलेन्स, संवबाहन, चालक २८ जना, बृद्धआश्रमका आस्रित तथा हेरालु ४६ जना, कैदी तथा सुरक्षाकर्मी ९८ जना, अन्य १७ जनाले पहिलो चरण अन्र्तगत कोरोना भाइरस विरुद्धको खोप लगाएको शर्माले जानकारी दिनुभयो । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने डा.शर्माले बताउनु भयो । अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यकर्ताले खोप लगाइदिएका छन् ।

दोश्रो चरणमा २ हजार ३ सय ८ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । डा.शर्माका अनुसार यस जिल्लाका १२ वटा स्थानीयतहमा कार्यरत कर्मचारीहरु गरि ८ सय ७१ जना, जिल्ला प्रसाशन कार्यालयका २७ जना, जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालय गरि २२ वटा कार्यालयका २ सय ९५ जना कार्यरत कर्मचारीलाई खोप लगाइने छ ।

यस्तै सशस्त्र प्रहरी कार्यालयका १ सय ४५ जना, मालपोत कार्यालयका २९ जना, नापी कार्यालयका १७ जना, विधुत कार्यालयका ९१ जना, खानेपानी कार्यालयका १६ जना, हुलाक कार्यालयका २८० जना, टेलिकम कार्यालयका १८ जना, बैंक सहकारी फाइनान्सका ४ सय १२ जना, कर कार्यालय ४ जना, कृषि पशु विज्ञ केन्द्र १० जना, जिल्ला स्थित यातायात कार्यालयका ९३ जनालाई खोप लगाउने लक्ष्य राखिएको शर्माले बताउनु भयो ।


Views: 91