13th April | 2021 | Tuesday | 7:01:40 PM

पाल्पाको एक फर्निचर उद्योगमा आगलागी

रामचन्द्र रायमाझी   POSTED ON : माघ २६, २०७७ (२:१३ PM)

पाल्पाको एक फर्निचर उद्योगमा आगलागी

पाल्पा ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगलागी भएको हो ।

 आगलागीबाट उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ । उद्योगमा रहेका उपकरण, पूर्वाधार, काठ र तयारी अवस्थाका फर्निचरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 आगलागीबाट नौं लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको उद्योगका सञ्चालक रजालीले प्रहरीलाई जानकारी दिनुभएको छ ।

विहान ४ः३० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय मुझुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक निरीक्षको कमाण्डमा गएको प्रहरी टोली र स्थानीयवासीले विहान ५ः५० बजे नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट (चुहावट) भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट मानविय तथा चौपायको क्षती नभएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण पचभैया जानकारी दिनुभयो ।


Views: 58