13th April | 2021 | Tuesday | 7:51:19 PM

दाङमा फोहोर ब्यवस्थापनमा समस्या

विवेक खड्का   POSTED ON : माघ २७, २०७७ (३:५८ PM)

दाङमा फोहोर ब्यवस्थापनमा समस्या

दाङ । मुलुक जनप्रतिनिधिविहिन भएको अवस्थामा घोराही उपमहानगरपालिकाले घोराहीस्थित तेह्रौटमा गल्ने र नगल्ने फोहोर विषर्जनको अभ्यास गरेको थियो । तेहौंटेको डम्पिङसाइटमा त्यतिवेलै प्रांगारीक मल उत्पादन गरी विक्रि वितरण गर्नकालागी फोहरलाई मोहरमा बनाउने अभियान सुरु भएको थियो । तात्कालिन कार्यकारी प्रमुख हरिप्रसाद पाण्डेले आफैले स्थलगत अनुगमनमा जान अनुरोध गर्नुभएको थियो । अवस्था त्यस्तै देखिएको थियो, अव फोहरलाइ मोहर बनाउन त्यसवेलाको घोराही नगरपालिका लागि परिसकेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि जनप्रतिनिधिविहिन अवस्थामा हालको तुलसीपुर—१३ फुलवारीमा स्थाई डम्पिङ साइटको परीकल्पना गर्दै पौने करोडको जग्गा खरीद गर्यो, तर सो जग्गा अझैपनि प्रयोग विहिन भएको छ । पौने करोडको लगानी अहिले के भैरहेको छ भन्ने विषयमा नगरबासीहरुले नियालिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मुटु विपि चौकमा गल्ने र नगलने फोहर फाल्ने बाल्टिनहरु अहिले पनि देख्न सकिन्छ, तर नगरपालिकाको फोहोर उठाउने गाडीले ती दुवै बाल्टिनका फोहरलाइ एउटै कम्पे्ष र भ्यानमा राखेर पातुखोलामा लगेर डम्पिङ गर्दै आएको छ । तुलसीपुर उपमहानगरपालिकामा पनि फोहर व्यवस्थापनकालागी धेरै कन्सल्टेन्सीहरुले प्रस्ताव पेस गरे । पटक पटक छलफल पनि भए, तर खासमा तुलसीपुर उपमहानगरपालिकामा पनि फोहरलाइ मोहर बनाउने आभियानले सार्थकता पाउन सकेको छैन । नगलने फोहरलाइ पुनः प्रसोधनको अभ्यास सुरु हुनै सकेको छैन ।

त्यसैगरी अघिल्ला दुइ सातादेखि लमही उपमहानगरपालिकामा पनि एउटा कन्सल्टेन्सी आएर दिसाजन्य पदार्थलाइ व्यवस्थीत गर्न प्रस्ताव गर्यो । नगरपालिकासंग सम्झौता पनि भयो, तर काम भने संझौता भए अनुसार हुन सकिरहेको छैन । ठुलाठुला योजना सुनाउने तर काम हुन भने सकेका छैनन् । यसलाइ स्थानियबासीहरुले भने फोहर व्यवस्थापनको नौटंकि भनेका छन् ।

दाङको लमही नगरपालिकाले दिसा जन्य फोहोर व्यवस्थापन परियोजना सुरु हुन सकेको छैन । नगरपालिकाले पहिले छनोट गरेको जग्गामा वन क्षेत्र पर्ने भएकाले नया स्थानमा जग्गा खोजि गर्नु पर्ने भएकाले ढिला भएको नगरपालिकाले जनाएको छ । पहिले नगरपालिकाले वडा नं ५ मा दिशा जन्य फोहोर व्यवस्थापनाका लागि संरचना निर्माण गर्ने भनेर अगाडि वढाइएकोे थियो । तर उक्त स्थान वन क्षेत्र पर्ने भएकाले नया स्थानमा खोजि गरिएको परियोजनाका फोकर्ल पर्सन गायत्रीकुमारी थापाले जानकारी दिनुभयो । अहिले नगरपालिकाले वडा नं ३ मा जग्गा छनोट गरेको उहाँको भनाइ रहेको छ । अहिले वडा नं ३ मा रहेको ऐलानी जग्गा छनोट गरिएको उहाँले वताउनुभयो । ‘नया स्थानमा जग्गाको खोजि गर्नु परेकाले काममा ढिला भएको हो’ उहाँले भन्नुभयो । त्यसैगरेर कोभिड १९ को कारण लामो समय सम्म लकडाउनको कारणले पनि यस कार्यमा थप ढिला हुन पुगेको उहाँ भनाइ रहेको छ । जग्गाको बारेमा टुङगो लागेपछि ठेक्का आवहान गरिने भएको छ । फागुन महिना सम्ममा ठेक्का आवहान गरिने बताइएको छ । त्यसपछि कामले गति लिने समेत नगरपालिकाको अपेक्षा रहेको छ ।

 नेपाल नगरपालिका संघको सहकार्यमा यस प्रकारको परियोजना सुरु गर्न थालिएको हो ।  यसका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघ विच २०७५ पुष १० सम्झौता भएको थियो । नगरपालिका संघको सहकार्यमा देशभरका ५ वटा नगपालिका यस प्रकारको परियोजना सुरु गरिएको हो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाइ सम्बन्धिको कार्य नमूना परीक्षणको रुपमा अगाडि वढाइएको छ । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिन नगरपालिका, भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गरिएको हो ।

  भौतिक निर्माणको काम केही समय पछि सुरु हुने फोकल पर्सन थापाको भनाइ रहेको छ । भौतिक निर्माणका लागि २ करोड रकम खर्च लाग्ने फोकल पर्सन थापाले वताउनुभयो । यसका लागि लमही नगरपालिकाले आर्थिक वर्ष २०७७÷ ०७८ मा वजेट विनियोजन गरि सकेको उहाँले जानकारी दिनुभयो । डि पी आर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नु पर्ने छ । ‘नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै गर्ने छ ’ थापाले भन्नुभयो,  निर्माण सुरु भएको करिव ६ महिना भित्र सम्पन्न गर्ने गरि काम अगाडि वढाइने वताउनुभयो । परियोजनाले दिशा जन्य लेदो व्यवस्था गर्ने काम गरिने थापाको भनाइ रहेको छ । यस प्रकारको परियोजना सुरु भए पछि शौचालयको सेप्टी टयाङकी बाट निकालेर बाहिर फालिने फोहोर लाइ व्यवस्थापन गर्ने सहज हुने भएको छ । यसले वातावरण सफा राख्न समेत सहयोग पुग्ने बताइएको छ ।  यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी टयाङकी वाट निकालिएको फोहोर राखेर त्यसलाइ ठोसमा परिर्णत गरिने छ ।

जसलाई कम्पोष्ट मल बनाएर विक्री समेत गरिने वताउनुभयो । ‘जसले आम्दानीको समेत समेत वन्ने छ’ थापाले भन्नुभयो । यस परियोजना सुरु भएमा फोहोर व्यवस्थापनमा सहत सहजता ल्याउने अपेक्षा गरिएको छ । ‘अहिले हरेक स्थानिय तहहरुलाई फोहो व्यवस्थानमा धेरै समस्या भोग्दै आएका छन् ’ फोर्कल पर्सन थापाले भन्नुभयो । पुर्व पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ । अहिले घर घरवाट शौचालयको सेप्टी टयाङकीवाट ल्याइएको दिशा जन्य फोहोर ल्यान फिड साइडमा व्यवस्थापन गरिने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निजी क्षेत्रको सह कार्यमा दिशा जन्य फोहोर व्यवस्थापन गदै आएको बताएको छ ।

प्रस्ताव स्वीकार गर्ने, डिपिआरकालागी बजेट समेत खर्च गर्ने तर फोहर व्यवस्थापनका सवालमा लक्षित कार्याक्रम सुरु हुन नसक्दा पछिल्लो समयमा दाङ जिल्लामै फोहरको वैज्ञानिक व्यवस्थापनको चुनौति देखिन थालेको नागरीक अगुवाहरुको भनाइ छ । उनीहरुले यसमा गम्भीर बन्न स्थानिय पालिकाहरुलाइ आग्रह पनि गरेका छन् ।


Views: 76