13th April | 2021 | Tuesday | 7:43:20 PM

माघ ३० देखि दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

विवेक खड्का   POSTED ON : माघ २९, २०७७ (४:३३ PM)

माघ ३० देखि दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

दाङ । दाङमा आगामी ३० गते देखि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य जोखिम न्यूनिकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगि भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गते देखी स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने भएको हो । जिल्लाका दशवटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखा प्रमुखहरुलाई स्वास्थ्य विमा कार्यक्रमका बारेमा अभिमुखिकरण गर्ने क्रमम सकिएको छ ।  

स्वास्थ्य विमाका लागि ५ जनाको परिवार सम्म ३५ सय रुपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रुपैयाँको विमा गरिदिने कार्यक्रम छ । ६ जना देखी माथीको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँ सम्मको विमा सरकारले गर्ने सहजकर्ता सान्ता चौधरीको भनाई छ ।

सरकारले अति गरिव, पूर्ण अपांगता, क्षय तथा कुष्टरोग एचआईभी संक्रमित र ७० बर्षभन्दा माथीका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निशुल्क विमा गर्ने कार्यक्रम ल्याएको छ । महिला स्वास्थ्य स्वयसेविकाको परिवारलाई योगदानको रकम ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य विमा कार्यक्रम अन्तरगत विरामी भएका व्यक्तिहरुलाई एक हजार ३३ प्रकारका औषधी, सबै प्रयोगशाला र भेन्टीलेटर सम्मको उपचार निशुल्क हुने स्वास्थ्य विमा बोर्डले जनाएको छ । 




Views: 74