13th April | 2021 | Tuesday | 7:03:12 PM

तस्वीरमा सत्तारुढ नेकपाको लुम्बिनी प्रदेश स्तरीय जनसभा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १, २०७७ (७:४१ PM)

तस्वीरमा सत्तारुढ नेकपाको लुम्बिनी प्रदेश स्तरीय जनसभा

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले शनिबार बुटवलमा प्रदेश स्तरीय जनसभा गरेको छ।

लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभालाई प्रमुख बक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी सभालाई नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझीलगायतले सम्बोधन गर्नुभएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड— माधव समूह लगायतका राजनीतिक शक्तिहरुलाई आह्वान गर्नुभएको थियो ।

पार्टीको लुम्बिनी प्रदेश कमिटिद्वारा बुटवलमा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘चुनावमा गयो भने प्रतिगमन हुन्छ अरे ! ताजा जनादेश हुँदैन भने कस्तो व्यवस्था खोजिएको ? प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानसम्मत ढंगले गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अन्यथा भए राजनीति पुनःअस्थिरता, पटक पटक समीकरण र मोलतोलको तहमा जाने र लोकतन्त्रको हुर्मत लिने अवस्थामा पुग्ने बताउनु भएको थियो । 


तस्वीर










Views: 129