17th April | 2021 | Saturday | 11:48:56 PM

संस्कृति जोगाउन नौमती बाजा

विवेक खड्का   POSTED ON : फाल्गुन ७, २०७७ (२:५० PM)

संस्कृति जोगाउन नौमती बाजा

दाङ  । कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुराउन राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समुह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नुभएको थियो ।

दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पञ्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो ।

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठुलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ ।यस अन्तरगत सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठुलो दमाहा, सानो दमाहा, ढोलक र ठ्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।


Views: 168