17th April | 2021 | Saturday | 11:57:02 PM

बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गयो

रामचन्द्र रायमाझी   POSTED ON : फाल्गुन ८, २०७७ (५:१६ PM)

बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गयो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका ४ छेबकुन स्थित बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र ३६ वर्षीया माया देवी सिंको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो ३ः४० मा बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरु पुरिएका थिए । सारुको घटनास्थलमै र सिंको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Views: 71