17th April | 2021 | Saturday | 11:14:36 PM

एक वर्षिया छोरीको हत्या गर्ने आमासहित ५ जना पक्राउ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ११, २०७७ (५:५८ PM)

एक वर्षिया छोरीको हत्या गर्ने आमासहित ५ जना पक्राउ

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा छोरीको हत्या गरेको आरोपमा आमाबाबु सहित ५ जना पक्राउ परेका छन् ।

 छोरीको हत्या गरेको आरोपमा मायादेवी वडा नम्बर ३ हरहरवाकी २१ वर्षिय प्रेमा यादवले  आफ्नी एक वािर्षय छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् । घट्ना छिपाउन बालिकाको शव गाड्ने बाबुसहित अन्य ४ आफन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रेमाले छोरीको हत्या गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । 

आइतबार राति ९ बजे एक बालिकाको संकास्पद मृत्यु भएको आफन्तले नजिकैको खोलामा लागी शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी सव गाडेको ठाउँमा पुगेको थियो । दानव खोला नजिक खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको थियो । घाटीमा शंकास्पद दाग देखिएपछि बालिकाको मृत्यु सामान्य नभएको भन्दै पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

मृतक बालिकाकी आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफुले आत्महत्या गर्न खोज्दा नन्द आएर घाँटीमा बाँधेको डोरी काटेर बचाएकी थिइन्। घट्ना लुकाउन सब लगेर गाड्न खोज्ने प्रेमाका श्रीमान राजकुमार यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, र प्रेमाको साथी भनिएको प्रेमी लुम्बिनी सांस्कृतिक न.पा. ९ का प्रदिप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

प्रहरीका अनुसार प्रेमा यादव र प्रदिप चौधरी बीच प्रेम सम्बन्ध रहेको थियो । प्रेम सम्बन्ध भएपनि प्रेमाको विवाह राजकुमार यादव सँग भयोे । विवाह भएको ७ महिनामै बच्चा जन्मिएपछि श्रीमानले श्रीमती माथि शंका गर्न थालेका थिए । पछि प्रदीप चौधरीसँग प्रेम सम्बन्ध रहेको थाह पाएपछि दुइ जना विच खटपट र झगडा सुरु भयो । 

झगडाले प्रेमामा मानसिक समस्या देखियो । मानसिक समस्याका कारण प्रेमाले छोरीलाई मार्ने र आफु पनि मर्ने योजना बनाएको प्रहरीको भनाइ छ । 

 


Views: 70