18th April | 2021 | Sunday | 12:05:40 AM

बाघको छाला ओसार पसारमा संलग्न दुई व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक

विवेक खड्का   POSTED ON : फाल्गुन १२, २०७७ (६:२३ PM)

बाघको छाला ओसार पसारमा संलग्न दुई व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसार पसारमा संलग्न २ जनालाई  पक्राउ गरि सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बाघको छाला ओसारपसार गरि बिक्री भईरहेको भन्ने गोप्य सूचनाको आधार खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठी खोलाबाट २ जनालाई पक्राउ गरेको  जानकारी दिनुभयो। पक्राउ पर्नेमा सल्यान, वागचौर नगरपालिका वडा नम्वर ९ का २९ वर्षका सन्दीप डाँगी र सोही पालिका वडा नम्बर १५ का ३७ वर्षका ईन्द्रबहादुर थापा बिक रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले  बाघको टाउकोदेखि पुच्छरसम्मको ४ फिट ५ ईन्चको छाला बरामद गरेको छ। यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरको मोटरसाईकल र ३ थान मोबाईल पनि बरामद गरि प्रहरी उपरीक्षक चन्दले सार्वजनिक  गर्नुभयो।

उहाँका अनुसार उक्त छालाको १० लाखमा कारोबार भईरहेको बताईएको थियो। पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसार पसारमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरि थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो।

यस्तै, जिल्ला प्रहरी  कार्यालय दाङले मोटरिाईकल चोरीको अभियोगमा २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढवा गाउपालिका वडा नम्बर ६ का १९ वर्षका ओसिन खान र सोही ठाउँका १८ वर्षका बरुन कुमाल रहेका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो।

घटनामा संलग्न भएकाहरुमाथि थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो।


Views: 72