18th April | 2021 | Sunday | 12:24:55 AM

घुससहित रुपन्देहीमा सशस्त्रका निरीक्षक र नायव निरीक्षक पक्राउ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १३, २०७७ (३:०३ PM)

घुससहित रुपन्देहीमा सशस्त्रका निरीक्षक र नायव निरीक्षक पक्राउ

बुटवल । ५० हजार रुपैयाँ घुस सहित रुपन्देहीमा सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ परेका छन्। जिल्लाको गैडहवा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

 सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसान्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताउनुभयो ।

फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ।  


Views: 92