सुर्खेत । कर्णाली सरकारसँग जग्गाको माग गर्दै दैलेखबाट सुर्खेत आइपुगेका वादी समुदाय आन्दोलन चर्काउने तयारीमा पुगेका छन् । गास, बास र कपासको मागसहित सुर्खेत आइपुगेका वादी समुदायले आन्दोलनका कार्यक्रम चर्काउने घोषणा गरेका छन् ।
एकातिर गासको व्यवस्थापनमा समस्या भएको र अर्कोतिर आवास समेत कष्टकर भएको भन्दै उनीहरुले प्रदेश सरकारसँग जग्गाको माग गरेका थिए । तर कर्णाली प्रदेश सरकारले जग्गा प्रदान गर्न नसक्ने बताएपछि आन्दोलनमा जानु पर्ने बाध्यता आइलागेको वादी समुदायका अगुवाहरुले बताएका छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडीको चौरमा चार दिनदेखि वादी समुदाय कष्टकर अवस्थामा बसिरहेका छन् भने आकाशको छानोमुनी रहेका कारण उनीहरु विरामी समेत पर्न थालेका छन् । बादी समुदायका अगुवा नेता हिक्मत बादीले भने, ‘हाम्रा मागहरु प्रति सरकारले वेवास्ता ग¥यो । हामीलाई हेपिएको छ । खुला चौरमा बसेर आन्दोलन गर्दा बालबालिका र वृद्धवृद्धा विरामी भइसके अब हामी पनि चुप लाग्दैनौं ।’
खुला चौरमा बसेर आन्दोलन गरिरहेका उनीहरुलाई शौचालयको नहुँदा आफ्ना नागरिकहरु विरामीहरु पर्न थालेको अगुवा हिक्मतको भनाई छ । आन्दोलनका लागि आफ्ना समुदायका अरु नागरिकहरु पनि सुर्खेतमा उतार्न थालेको हिक्मतले बताए । हामी पनि हाम्रा मागहरु पूरा गराएर मात्रै फर्कछौ हिम्मतले बताए ।
२०६८ को जनगणनालाई आधार मान्ने हो भने सुर्खेतमा मात्र १ हजार ८५५ जनसंख्या वादी समुदायको रहेको छ भने कर्णालीमा झण्डै १८ हजार वादी समुदायको जनसंख्या रहेको छ । माग पूरा गराउन उनीहरु दैलेख, कालिकोट, जुम्ला, सुर्खेत जिल्लाबाट सहभागी भएका छन् ।
Views: 56