11th April | 2021 | Sunday | 6:48:21 PM

मोटरसाइकलको ठक्करबाट स्कुले बालिकाको मृत्यु

विवेक खड्का   POSTED ON : फाल्गुन १७, २०७७ (९:१४ PM)

मोटरसाइकलको ठक्करबाट स्कुले बालिकाको मृत्यु

दाङ । मोटरसाईकलले ठक्कर दिँदा दाङमा स्कुले बालिकाको मृत्यु भएको छ ।  

विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोलाकी १५ बर्षिया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। 

उनी दाङको घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन्। उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो। 

विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिनुभयो ।


Views: 64