16th May | 2021 | Sunday | 5:28:47 PM

सल्यानको टिमुर खेती देखेर दाङका किसान उत्साहित

विवेक खडका   POSTED ON : चैत्र ३०, २०७७ (२:३२ PM)

सल्यानको टिमुर खेती देखेर दाङका किसान उत्साहित

दाङ  । दाङका किसानहरुले सल्यान पुगेर टिमुर खेतीको अवलोकन गरेका छन् । पारिवारिक निजि वन संघ नेपालको आयोजनामा तुलसीपुर वडा नम्वर १,३ र ४ का गरी तिन दर्जन बढि किसानहरु सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ९ सेरा पुगेर व्यावसायीक टिमुर खेतीको अध्ययन तथा अवलोकन गरेका छन् ।त्यस क्षेत्रमा ७० बढि किसानहरुले व्यावसायीक टिमुर खेती गरेका छन् । टिमुर खेतीबाट बार्षिक तिन÷चार लाख रुपैया आम्दानी गदै आएको स्थानिय पेसली बुढाथोकी बताउनुहुन्छ ।

उहाको आठ जनाको घरपरिवार कृषिमा आत्मनिर्भर छ । बर्षौ देखी व्यावसायी टिमुर खेतीबाट मनग्य अनम्दानी गरी घरखर्च चलाउन सहज भएको उहाको भनाई छ ।

१५ रोपनी जमिनमा लगाएको सात सय टिमुरको विरुवा तथा बोटबाट बार्षिक पाँच क्वीन्टल टिमुर उत्पादन हुने र गरेर बार्षिक चार लाख रुपैया आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । गाउँमा सवै भन्दा धेरै आफुहरुले टिमुर खेती गदै आएको उहाँको दावी छ । अन्य किसानहरुले पनि टिमुर खेती गरेता पनि आफुहरुले अलि धेरै खेती गरेको उहाँले बताउनुहुन्छ । टिमुर खेतीबाट खाद्यन्न, दैनिक उपभोग्य सामान तथा छोराछोरीलाई लेख्न पढाउन समेत सहज भएको उहाँले बताउनुभयो । विगतमा परम्परागत रुपमा टिमुर खेती गदै आएकोमा पछिल्नो समय आधुनिक तरिकाले खेती गदै आएको उहाँ बताउनुहुन्छ । 

त्यहा उत्पादन भएको टिमुर काठमाण्डौ, नारायणघाट,विरगन्ज र नेपालगन्ज सम्म विक्रि हुदै आएको छ । यसरी त्यहाका किसानहरुले टिमुर खेतीबाट मनग्य आम्दानी गरेको देख्दा दाङका किसानहरु उत्साहित देखीएका छन् । तुलसीपुर ४ का किसान धनसिंह पुनले व्यावसायीक टिमुर खेती देख्दा आफु उत्साहित भएको बताएका छन् । आफुले पनि टिमुर खेती गर्ने उहाँको भनाई छ ।

घरमा एक÷दुई बोेट टिमुर भएता पनि व्यावसायीक खेती नगरेको भन्दै उहाँले अबको दिनमा टिमुर खेती तर्फ चासो दिने उहाँको भनाई छ । भिरालो तथा समतल भुभागमा पनि सहजै विरुवा हुर्काउन सकिने हुदा मेहेनत र चासो दिएमा टिमुर उत्पादन गर्न समस्या नहुने उहाँको भनाई छ । तुलसीपुरको पहाडी क्षेत्र पनि टिमुर खेतीको राम्रो पकेट क्षेत्र मानिन्छ । सोहि अनुसार गत वर्ष वडा नम्वर १, ३ र ४ मा दश हजार बढि टिमुरका विरुवा वितरण गरिएको पारिवारिक निजि वन संघ नेपाल दाङका अध्यक्ष पदम केसीले बताउनुभयो । गएको वर्ष दाङमा टिमुर खेतीको पकेट क्षेत्रको पहिचान गरी तुलसीपुरका तिन वडालाई छनोट गरिएको उहाँले बताउनुभयो । सल्यानको टिमुर खेती देखेर यस क्षेत्रका किसानहरुलाई टिमुर खेती तर्फ प्रेरित गरी आयआर्जनमुखी बनाउने उद्देश्यले आफुहरुले अवलोकन कार्यक्रमको आयोजना गरेको उहाँको भनाई छ । टिमुर खेतीलाई किसानहरुले बैज्ञानिक तरिकाले सन्चालन गर्न सके मनग्य आम्दानी गर्न सकिने थुप्रै सम्भावना रहेको पारिवारिक निजी बन संघका केन्द्रिय सदस्य मेघराज भुसालले बताउनुभयो ।


Views: 16