16th May | 2021 | Sunday | 2:10:46 AM

नियम विपरित प्रेस सल्लाहकार, प्रेस सल्लाहकारको नाममा लाखौं रुपैयाँ स्वाह

दीपककुमार शर्मा   POSTED ON : बैशाख २, २०७८ (६:१० PM)

नियम विपरित प्रेस सल्लाहकार, प्रेस सल्लाहकारको नाममा लाखौं रुपैयाँ स्वाह

बर्दिया । नियम विपरित अनियमित तरिकाले प्रेस सल्लाहकार राखि बर्दियाको बारबर्दिया नगरपालिकाले लाखौ रुपैयाँ हिनामिना गरेको पाइएको छ । 

प्रेस सल्लाहकार को हो भन्ने विषयमा पनि आम सर्वसाधारण नागरिकलाई मात्र नभई नगरपालिकामा कार्यरत कर्मचारीलाई नै थाहा छैन । तर, प्रेस सल्लाहकारको भूमिका निभाई रकम निकासा भएको देखिएको हो । नियम विपरित अनियमित तरिकाले नगरपालिकाको प्रेस सल्लाहकारलाई बारबर्दिया नगरपालिकाबाट लाखौ रुपैया हिनामिना भएको पाइएको हो । 

महालेखा परीक्षकको कार्यालयले २०७७ साल असार ३१ गते राष्ट्रपति विद्यादेवी भन्डारीलाई बुझाएको ५७ औ वार्षिक प्रतिबेदनको परिच्छेद ३ को खण्ड ३ मा रहेको स्थानिय तह अन्तर्गत पेज नम्वर ५सय ५१ मा बारबर्दिया नगरपालिकामा  नियम विपरित अनियमित तरिकाले प्रेस सल्लाहकार राखी सो रकम हिनामिना गरेको भन्दै असुल उपर गर्न सिफारिस गरेको हो । 

बारबर्दिया नगरपालिकामा  हाल  आधिकारिक रुपमा प्रेस सल्लाहाकार नरहेको प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बताउनु भयो   । तर विगतमा प्रेस सल्लाहकारको रुपमा अघोषित रहि प्रेस सल्लाहकारको रुपमा पाउनुपर्ने सेवा सुविधा दिइएको बताउनु भयो  । तर प्रेस सल्लाहकार को हो भन्ने विषयमा भने मेयर दुर्गाबहादुर थारु कविर लेखा अधिकृतलाई मात्र थाहा भएको पाइएको छ । चालु आर्थिक वर्षका लागी भने प्रेस सल्लाहकारको नाममा भने वजेट छुटयाइएको छैन । प्रेस सल्लाहकारको रुपमा को व्यक्तिले रकम बुझेको हो भन्ने विषयमा नगर प्रमुख र लेखा अधिकृतले सार्वजनिक रुपमा भन्न सकिरहेको अवस्था छैन ।

 प्रेस सल्लाहकारको नाममा आफैले रकम खाएका हुन वा कुनै पत्रकारलाई बुझाइएको हो यसै भन्न नसकिरहेको अवस्थामा बारबर्दिया नगरपालिकाले भने स्पष्ट पार्न सकिरहेको छैन । बर्दियामा केहि स्थानीय तहमा आधिकारीक रुपमा नभएपनि अघोषित रुपमा अनियमित   तरिकाले स्थानिय तहमा प्रेस सल्लाहकारको रहेको पाइएको छ । प्रेस सल्लाहकार रहेका व्यक्ति पत्रकार नै रहेको पाइएको हो । प्रेस सल्लाहकारको सेवा सुविधा लिएपनि खुल्ला रुपले देखिएका थिएनन । प्रेस सल्लाहकारको रकम कुन पत्रकारले बुझेको हो बाहिर आएको छैन । अथवा सो वजेट प्रेस सल्लाहाकारको नाममा मेयर दुर्गाबहादुर थारु कविर , प्रमुख प्रशासकिय अधिकृत दशरथ वुढा र लेखा अधिकृतले  बुझेको हो सो  खुल्न बाँकि रहेको छ । तर प्रेस सल्लाहकार राखिएको भएपनि कसलाई राखिएको हो भन्ने विषयमा पनि सार्वजनिक समेत गरिएको छैन । यसले प्रशस्त ‘दालमे कुछ काला है’ को संकेत   गरेको छ । 

बारबर्दिया नगरपालिकाले नगरवासीले  तिरेको करको दुरुपयोग गर्नुका साथै प्रदेश र संघबाट आएको रकमको समेत दुरुपयोग गरेको पटक पटक समाचार प्रकाशनमा आइसकेका छन् । पछिल्लो पटक आफनै लगानीमा निर्माण गरेको कालो पत्रे २ महिना नपुग्दै भत्किएपछि भ्रष्टाचारको जड भेटिँदै गएको छ । साथै प्रदेश सरकारबाट आएको वजेटमा पनि व्यापक दुरुपयोग भएको पाइएको छ । स्थानीय वासीले पटक पटक स्थानिय स्तरबाट गरिँदै आएका विकास निर्माणका कार्य गुणस्तर नभएको भन्दै जानकारी गराउँदा पनि कानमा तेल हालेर वसेको नगरपालिकाले जसरी हुन्छ कमाउने धन्दामा लागेको देखिएको हो । नगर प्रमुख दुर्गाबहादुर थारु कविरले आफनो अनुकूल काम   गराउनका लागी प्रमुख प्रशासकिय अधिकृत दरशथ बुढा र लेखा अधिकृत बसन्तबहादुर शाहीलाई  झिकाएर राखिएको  बुझिएको छ ।

 लेखा  अधिकृत वसन्तबहादुर शाही अन्यत्र सरुवा भएर करिब १ वर्ष बाहिर रहेतापनि आफनो अनुकूलताका लागी मेयरले फेरि झिकाएको बुझिएको छ । सवै मिलेपछि आगामी निर्वाचनको तयारीका  लागी नगरपालिकाको रकम दुरुपयोग गरी काम हुने र कमाउने धन्दामा लागेको बुझिएको छ । जुन टोलमा बाटो तथा सार्वजनिक भवन निर्माण गरिन्छ त्यस टोलका मानिसलाई उपभोक्ता समितिका राख्नुपर्ने नियम भनएपनि सो नियमलाई लत्याउदै अक्रो वडाबाट उपभोक्ता समितिमा राख्ने गरिएको छ यसले गर्दा काम गुणस्तर हुन सकिरहेको छैन भने टन्न कमिसन आउने भएको हँुदा  नगर प्रमुख दुर्गा बहादुर थारु कविर, प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा र लेखा अधिकृत बसन्तबहादुर शाहीले कमाउने धन्दामा लागेको बुझिएको छ ।


Views: 1644