16th May | 2021 | Sunday | 2:37:08 AM

प्रदेश सांसदबाट राजीनामा दिएका पाण्डे कांग्रेस प्रवेश, राष्ट्रिय सभाको उम्मेदवार बन्ने

हिमालय टाइम्स   POSTED ON : बैशाख २०, २०७८ (७:१५ PM)

प्रदेश सांसदबाट राजीनामा दिएका पाण्डे कांग्रेस प्रवेश, राष्ट्रिय सभाको उम्मेदवार बन्ने

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएका कपिलबस्तुका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गनुृभएको छ । 

उहाँ राष्ट्रिय सभा सदस्यको उमेद्वार समेत बन्ने हुनुभएको छ । प्रदेश सांसदसँगै एमाले पार्टी छोड्नुभएका उहाँलाई आज नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।  आज लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । पत्रकार सम्मेलनमार्फत् पाण्डेयलाई स्वागत गर्दै नेपाली संसदीय दलका नेता विरेन्द्र कनौडियाले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्र दल त्याग गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का हालै राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनुभएको थियो । उहाँको ठाउँमा नयाँ राष्ट्रियसभा सदस्य चयन गर्नुपर्ने हुन्छ । 

नेपाली कांग्रेसबाट लामो समय राजनीति गर्नुभएका उहाँ चुनावका बेला एमालेमा प्रवेश गर्नुभएको थियो । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ बाट उहाँले चुनाव जित्नुभएको थियो ।

 


Views: 101