16th May | 2021 | Sunday | 1:33:26 AM

बुटवलमा अक्सिजन बैंक स्थापना, आवश्यकता अनुसार आइसोलेसनसम्म पु¥याइने

सुदीप भण्डारी   POSTED ON : बैशाख २१, २०७८ (५:३८ PM)

बुटवलमा अक्सिजन बैंक स्थापना, आवश्यकता अनुसार आइसोलेसनसम्म पु¥याइने

बुटवल । बुटवलमा  आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत भएको छ । आवश्यक परेका संक्रमितहरुलाई उपलब्ध गराउन बुटवल उपमहानगपालिकाले अक्सिजन बैंक स्थापना गरि सेवा सुरुवात गरिएको हो।

उपमहानगर आँफैले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोली अस्किजन लिएर पुग्नेछ ।

मंगलबार एक संक्षिप्त कार्यक्रमका बीच उपमहानग प्रमुख सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गर्नुभएको हो । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको मृत्यु भएका खबरहरु सार्वजनिक भएका छन्।

अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले यो कार्यक्रम ल्याएको हो ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । 

सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिनुभयो । 


Views: 43