16th May | 2021 | Sunday | 5:58:26 PM

दाङमा संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आईसोलेसन बेडको स्थापना

विवेक खड्का   POSTED ON : बैशाख २१, २०७८ (६:५४ PM)

दाङमा संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आईसोलेसन बेडको स्थापना

दाङ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै  दाङमा संक्रमित पत्रकारहरुको लागि अक्सिजन सहितको आईसोलेसन बेड स्थापना गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जांदा जिल्लाका अस्पतालहरुमा उपचारका लागि बेडहरु पाउन कठिन भैरहेको अवस्थामा नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लाका संक्रमित पत्रकारहरुका लागि अक्सिजन सहितको आइसोलेसन बेड स्थापना गरेको हो


कोरोना संक्रमितहरुको उपचारका लागि बेडको अभाव भैरहेको समयमा पत्रकारलाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघ दाङको भवनमा अक्सीजनसहित ६ बेडको आइसोलेसन स्थापना गरिएको जनाएको छ । मंगलबार आइसोलेशन व्यवस्थापनका लागी दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतमा बैठक बसेको थियो ।


बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकारकालागी स्थापना भएको आइसोलेसन व्यवस्थापनकालागी महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी संयोजक, कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एव सञ्चार संघसंगठनका प्रमुख रहेको मूल समिति गरेको छ । यस्तै उपाध्याक्ष बसुन्धरा गौतमतम संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा सचिव आर.के.शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।


साथै कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुकालागी पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनकालागी महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ । साथै नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।


Views: 66