16th May | 2021 | Sunday | 7:24:59 PM

पश्चिम नवलपरासीमा कोरोनाका कारण ६ घण्टामा ५ जनाको मृत्यु

प्रकाश न्यौपाने   POSTED ON : बैशाख २१, २०७८ (७:१७ PM)

पश्चिम नवलपरासीमा कोरोनाका कारण ६ घण्टामा ५ जनाको मृत्यु

नवलपरासी ।  पश्चिम नवलपरासीमा कोरोनाका कारण  ६ घण्टामा ५ जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना पुगको स्वास्थ्य कार्यालयले जनाएको छ । 

भैरहवा मेडिकल कलेजमा ३ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा २ जना छन् । भैरहवा मेडिकल कलेजमा मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका–४ का ५५ वर्षीया महिला, बर्दघाट नगरपालिका–१२ का ५४ वर्षीया महिला र सुस्ता गाउँपालिका– १ का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिका–४ का ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिका–१ का ५५ वर्षीय पुरुष रहेका छन् । वैशाख पहिलो सातादेखि मंगलबारसम्म जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको पौडेलले जानकारी दिनु भयो ।

अहिले सक्रिय संक्रमितको संख्या ५ सय बढी पुगेको छ। अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।


Views: 53