21st June | 2021 | Monday | 12:15:59 PM

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ५० वटा अक्सिजन सिलिण्डर प्रदान

विवेक खड्का   POSTED ON : बैशाख २३, २०७८ (३:५९ PM)

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ५० वटा अक्सिजन सिलिण्डर प्रदान

दाङ । घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव भएको खबर सार्वजनि भएपछि घोराही उपमहानगरपालिकाले ती सिलिण्डर अक्सिजन बिहीवार प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर हस्तान्तरण गर्नुभएकोे हो ।

उपमहानगरपालिकाले अक्सिजन सहयोग गरेपछि प्रतिष्ठानले थप २५ बेडको अक्सिजनसहितको आईसोलेशन थप गरेको निर्देशक बस्नेतले बताउनुभयो । तत्कालै २५ मा १० बेड थप गरि ३५ बेड अक्सिजनसहितको बनाइएको छ भने अन्य १५ बेडहरु अक्सिजन बिनाको निर्माण गरिएको छ । थप अक्सिजन सिलिण्डर प्राप्त गरे ५० पुरै अक्सिजनसहितको आइसोलेसन चलाउने तयारी प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानमा हाल ग्याससहित र ग्यास नभएका खाली सिलिण्डर समेत गरि १२० सिलिण्डर रहेको जानकारी प्रतिष्ठान प्रशासनले दिएको छ । हालसम्म प्रतिष्ठानले घोराहीको झिङ्नीको सहयोगमा नेपालगञ्जबाट अक्सिजन सिलिण्डर खरिद गर्दै आइरहेको छ । उपमहानगरपालिकाले ग्यास सिलण्डर दिएपछि प्रतिष्ठानलाई राहात भएको छ ।


थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आईसियू तथा भेन्टिलेर सञ्चालन गर्न सकिने प्रतिष्ठानले प्रशासनले जानकारी दिएको छ ।

कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि घोराही पमहानगरपालिकाले पहिलो चरणको १० लाख रकम उपलब्ध गराएको छ । घोराही नगरले प्रतिष्ठानलाई ४५ लाख रुपैंया सहयोग गर्ने निर्णय यअसघि नै गरिसकेको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामी उपचाररत छन् ।


Views: 125