15th June | 2021 | Tuesday | 9:08:36 AM

सुस्तामा अक्सिजन सहितको १५ श्यैयाको आइशोलेसन कक्षको स्थापना

प्रकाश न्यौपाने   POSTED ON : बैशाख २३, २०७८ (४:०५ PM)

सुस्तामा अक्सिजन सहितको १५ श्यैयाको आइशोलेसन कक्षको स्थापना

नवलपरासी । कोरोना संक्रमीत दिन प्रतीदिन बढिरहेका बेला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अक्सिजन सहितको १५ श्यैयाको  आइशोलेसन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढ्न थालेपछि सुस्ता गाउँपालिकाले आफ्नै सक्रियतामा १५ श्यैयाको अक्सिजन सहितको आइशोलेसन  कक्ष  वडा नम्बर ५ पक्लिहवा स्वास्थ्य चौकीका लागि बनेको नयाँ भवनमा तयार गरेको हो ।

कोरोना संक्रमण भएकाहरुको उपचारलाई मध्यनजर गर्दै  अक्सिजन सहितको १५ शैयाको आइशोलेसन कक्ष तयार गरिएको गाउँपालिका अध्यक्ष पाण्डेयले बताउनुभएको छ ।

पालिकाले तयार गरेको आइसोलेशन कक्षमा मेडिकल टिमसहित आवश्यक पर्ने अक्सिजन, अन्य स्वास्थ्य सामग्री तथा औषधीको ब्यवस्था गरिएको छ । सामन्य अवस्थामा रहेका ब्यक्तिहरुलाई होम आइसोलेशनमा राख्ने र अवस्था केही गम्भिंर हुन थालेपछि पालिकाले निर्माण गरेको अक्सिजन सहितको आइशोलेसन कक्षबाट उपचार गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो ।

अत्यन्तै महत्त्वपूर्ण काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्किनै परेमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर मात्र निस्किन आग्रह गर्नुभयो।


Views: 77