21st June | 2021 | Monday | 1:51:29 PM

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

  POSTED ON : बैशाख २४, २०७८ (११:२४ AM)

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको मुसिकोट नगरपालिका ( ४, दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो ।
चट्याङ लागेर १८ वर्षीय करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो ।
चट्याङ लागेर ६३ वर्षीय उजुर सिंह गाहा, ६२ वर्षीय तथीकला गाहा, ३७ वर्षीय को तुल बहादुर गाहा, ३२ वर्षीय जुनि गाहा, वर्ष १४ वर्षीय मेलिना गाहा, ८ वर्षीय जोनित गाहा, ३३ वर्षीय चित्र बहादुर गाहा, २८ वर्षीय ज्योतिकला घर्ति गाहा घाइते भएका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते सबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुगेको छ ।

Views: 115