21st June | 2021 | Monday | 1:03:04 PM

दाङमा जेठ १ गतेसम्म लकडाउन थप

विवेक खड्का   POSTED ON : बैशाख २४, २०७८ (३:५६ PM)

दाङमा जेठ १ गतेसम्म लकडाउन थप

दाङ । दाङमा जेठ १ गतेसम्म लकडाउन लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप एक हप्ता लकडाउन लम्बाइएर जेठ १ गतेसम्म पु¥याउने निर्णय गरेको हो । 

‘थप एक हप्ता लकडाउन थप्ने निर्णय भएको छ,’ प्रअिज पौडेलले भने ‘ अबको लकडाउन थप कडा हुने छ ।’

यस अघि बैशाख १७ गते विहान ६ बजेदेदि बैशाख २५ गतेसम्मका लागि लकडाउन आह्वान गरिएको थियो ।

लकडाउन गरिएपनि यो बीचमा जिल्लामा तीब्र  गतिमा  संक्रमित बढ्दै गइरहेको देखिएको छ ।


Views: 55