15th June | 2021 | Tuesday | 9:56:02 AM

कांग्रेस रुपन्देहीले आइसोलेशन निर्माणको लागि आफ्नो कार्यालय उपलब्ध गराउने

सुदीप भण्डारी   POSTED ON : बैशाख २४, २०७८ (६:५५ PM)

कांग्रेस रुपन्देहीले आइसोलेशन निर्माणको लागि आफ्नो कार्यालय उपलब्ध गराउने

बुटवल । नेपाली कांग्रेस जिल्ला समिती रुपन्देहीले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि उपलब्ध गराउने भएको छ । कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेको भन्दै आइसोलेसनको लागि कार्यालय उपलब्ध गराउन लागेको कांग्रेसले रुपन्देहीले जनाएको हो । 

भैरहवा स्थित भिम अस्पतालको पछाडी रहेको कांग्रेसको जिल्ला कार्यालयमा दुई वटा हल, एघार वटा कोठा सहितको दुइतले कम्पाउन्ड सहितको भवन रहेको छ । उक्त भनवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यवस्था मिलाइएको काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

सरोकार वाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गम्भिर बन्न आग्रह गर्दै उहाँले कोहि पनि कोभिडका बिरामिलाई उपचारको लागि बेडको समस्या नहोस भन्ने हेतुले आफुहरु आइसोलेसन निर्माणको लागि पार्टी कार्यालय दिन तयार भएको र आवश्यक अरु सहयोग समेत गर्ने उल्लेख गर्नुभयो । 


Views: 82