15th June | 2021 | Tuesday | 10:01:59 AM

स्वास्थ्यकर्मी माथि हातपात

विवेक खड्का   POSTED ON : बैशाख २५, २०७८ (१२:१४ PM)

स्वास्थ्यकर्मी माथि हातपात

दाङ । कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले गर्दा भएको भन्दै भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।
भेरी अस्पतालको इमरजेन्सी बिभागमा कार्यरत हेल्थ अशिष्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको घटनाको अस्पताल प्रशासनले निन्दा गर्दै दोषी माथि कारबाहीको माग गरेको छ ।
अस्पताल बिकाश समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका सदस्य सचिव डा। प्रकाश थापाले हल्थ अशिष्टेन्ट शाहीमाथि भएको हातपात र दुव्र्यबहारको निन्दा गर्दै दोषी माथि कारबाहीको माग गर्नुभएकोे छ ।
अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कानुनी कारबाहीको माग गरेको छ ।
धिताल र थापाले कोभिड–१९ को महामारीबाट बिरामीलाई बचाउन रातदिन सेवा गरिरहेका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उच्च मनोवल गर्नु पर्नेमा त्यसबिपरीतका गतिबिधि हुनु दुःखद भएको उल्लेख गर्नुभयो । शुक्रबार बिहान साढे ८ बजेतिर अपरिचित ३÷४ जनाको समुहमा आएका व्यक्तिहरुले कोभिड वार्डमा आफन्तको मृत्यु भएपछि बिरामीलाई किन समयमै हेर्न नआएको भन्दै हातपात गरेका थिए ।
कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले गर्दा भएको भन्ने आरोप लगाउँदे श्वास्थ्यकर्मीमाथि हातपात हुनुले असुरक्षा महसुश भएको भन्दै अस्पताल प्रशासलने भरपर्दौ सुरक्षा ब्यबस्थाको माग पनि गरेको छ ।

Views: 95