21st June | 2021 | Monday | 1:49:28 PM

दाङका १४ जना पत्रकारलाई कोरोना संक्रमण

विवेक खड्का   POSTED ON : बैशाख २५, २०७८ (२:३४ PM)

दाङका १४ जना पत्रकारलाई कोरोना संक्रमण

दाङ । दाङका १४ जना पत्रकार कोरोना संक्रमित भएका छन् । जिल्ला स्थित बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारलाई कोरोना संक्रमण भएको हो । जसमध्य घोराहीमा ५, तुलसीपुरमा ८  र पश्चिम हापुरेका एक पत्रकारमा कोरोना पोजिटिप देखिएको पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो । त्यस मध्य गम्भिर बिरामी परेका एक जनाको  भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । 

बाँकी १३ जनाको अबस्था सामान्य रहेकोले होम आईसोलेसनमा बस्दै आएका छन् । यस्तै पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारको उपचार गर्न अक्सिजन सहितको ६ बेडको आईसोलेशन तयार पारेको छ । पत्रकार महासंघको  भवनमा तयार गरिएको आईसोलेशन कुनै पत्रकार संक्रमित भए आईसोलेशनमा राखेर उपचार गरिने छ । अध्यक्ष केसीले आईसोलेसनका  लागि आबश्यक पर्ने खाली अक्सिजन सिलिण्डर,ईलेक्ट्रिकल जग,खाना पकाउँने भाडाकुडा, लगाएका विभिन्न साम्रागी सहयोग गर्न आग्रह गर्नुभएको छ ।


Views: 56